बिर्तामोड–१० स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । नेपाली कांग्रेसका कोशी प्रदेश सभापति तथा पूर्वमुख्यमन्त्री उद्धव थापाले एक कार्यक्रमकाबिच कपडा वितरण गरेका हुन् ।
बिर्तामोड उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी समूहले बालबालिकालाई लक्षित गर्दै स्वेटर वितरण गरेको थियो । सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थापाले बालबालिकाको भविष्य सुरक्षित गर्न सकेमात्रै मुलुक समृद्ध बन्न सक्ने धारणा व्यक्त गरे ।
महेन्द्र ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुमागाईंले विद्यालयका पूर्वविद्यार्थी अमर रिसालले आफ्नी श्रीमती अनिता लकाई ९हाल अष्ट्रेलिया० को जन्मदिनको अवसरमा प्रदान गरेको रकमबाट २२२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको जानकारी दिइन् ।
सो समारोहमा नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति तथा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंलगायत व्यक्तित्वहरूले विद्यालयको अवस्थाप्रति चासो व्यक्त गर्दै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
विद्यालयका प्रधानाध्यापक जयकुमार झाले विद्यालयको शैक्षिक अवस्था तथा विद्यार्थीहरूको अवस्थाबारे जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षक विरेन्द्र कडरियाले गरेका थिए ।








































