बिर्तामोड :  बिर्तामाेड ७ निवासी  शिक्षासेवी खिलनाथ शिवाकाेटीलाई गाेपीकृष्ण स्मृति पुरस्कार  वितरण गरिएकाे छ । 

गाेपीकृष्ण स्मृति प्रतिष्ठान बिर्तामाेड ४ ले स्वर्गिय गाेपीकृष्ण खनालकाे ७९ ओैं जन्म जयन्ती  तथा  तेस्राे गाेपीकृष्ण स्मृतिमा आज बिर्तामाेड स्थित गाेमेन्द्र बहुमुखी महाविधालयकाे सभाहलमा एक कार्यक्रमकाबिच  शिवाकाेटीलाई पुरस्कार वितरण गरिएकाे हाे  । 

उनलाई ५० हजार ५ रूपैंया नगद सहित , सम्मानपत्र र दाेसल्ला अर्पण गरिएकाे थियाे । 

। 

प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य तथा सामाजिक ब्यक्तित्व गाेपालकुमार बस्नेत र  प्रतिष्ठानकाे संरक्षक रूपादेवी खनालले शिवाकाेटीलाई सम्मान गरेका हुन्  । 

प्रतिष्ठानकाे उपाध्यक्ष सरूभुर्तेल खनालकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे ओैचित्यमाथि प्रकाश तथा  स्वागत गाेपीकृष्ण स्मृति प्रतिष्ठानका सचिव तिर्थ सिग्देलले गरेका थिए । 

प्रतिष्ठानकाे सल्लाहकार डा. पुण्य प्रसाद सिग्देलले कार्यक्रमकाे सन्चालन गरेका थिए  । 

कार्यक्रममा प्रमुख अतिथि बस्नेत, साहित्यकार केशब आचार्य  , सम्मानित ब्यक्तितब शिवाकाेटी लगायतले शुभकामना मनतब्य राखेका थिए ।