झापा, माघ ११ ।  डिप्लोमा इन्जिनियर्स  एशोसिएसन नेपाल( डिन) झापाको  अध्यक्षमा  ओमप्रकाश राई निर्वाचित भएका छन् ।  हिजो कन्काई ३ स्थित साकेला थानमा भएको १७ औं जिल्ला अधिवेशनबाट  दमक नगरपालिकामा कार्यरत  राईको अध्यक्षतामा  नयाँ कार्यसमिति सर्वसम्मत   चयन भएको हो ।  समितिको उपाध्यक्षमा  हिरण्यकुमार राई ,  सचिव  विशाल राजवंशी ,  सहसचिव  विष्णुबहादुर  आङदेम्बे र कोषाध्यक्षमा  डम्बरबहादुर श्रेष्ठ  चुनिएका छन् ।

  त्यस्तै सदस्यहरुमा  डम्बरकुमारी  अधिकारी थापा ,  प्रियंका बुढाथोकी ,  प्रज्वल प्रसाई ,  लोचन बस्नेत र  प्रेमचन्द्र बास्तोला रहेका छन् ।  नयाँ  समिति चयन गर्न  जीवन घिमिरे संयोजक तथा  खड्गबहादुर बस्नेत र  कमल दाहाल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । 

डिन झापाका  अध्यक्ष सडकलाल राजवंशीको अध्यक्षता तथा  केन्द्रीय अध्यक्ष कामेश्वर सिंहको प्रमुख आतिथ्यमा भएको  उद्घाटन कार्यक्रममा  केन्द्रीय सहअध्यक्ष  जीवन घिमिरे , प्रदेश अध्यक्ष  खड्गबहादुर  बस्नेत ,  पूर्व केन्द्रीय सचिव तथा  संस्थापक जिल्ला अध्यक्ष उत्तम खरेल ,  इन्जिनियर कमल कोइरालालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला अध्यक्ष राजवंशीले वार्षिक प्रतिवेदन र  कोषाध्यक्ष  ओमप्रकाश राईले  आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  उपाध्यक्ष हिरण्यकुमार राईले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन आजीवन सदस्य सुरविर राना मगरले गरेका थिए ।