काठमाण्डाैं

केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपाने आइजी एपिएफ कमेन्डेबलबाट सम्मानित भएका छन्।

केल्मी नेपाल एपिएफ क्लबको किट पार्टनर पनि हो ।  दरबारमार्गस्थित केल्मी स्पोर्ट्स प्रोडक्ट कम्पनीले नेपाल एपिएफ क्लबसँग सहकार्य गर्दै सशस्त्र प्रहरी कर्मचारीहरूलाई खेल

सामग्रीमा विशेष छुट सुविधा उपलब्ध गराउँदै आएको योगदानको कदरस्वरूप न्यौपानेलाई २५औँ सशस्त्र प्रहरी दिवस–२०८२ (रजत महोत्सव) को अवसरमा हालै सम्मान गरेको हो ।‌

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले न्यौपानेलाई सम्मान गरेका हुन्।

सशस्त्र प्रहरी बल नेपालले आगामी दिनमा पनि खेलकुद प्रवर्द्धन तथा संगठनको उन्नतिका लागि निरन्तर सुझाव, सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएको छ।

केल्मीले नेपाली राष्ट्रिय भलिबलका सबै टोलीलाई तथा न्यु डायमण्ड युथ स्पोर्टस क्लबलाई प्रायोजन गर्दै आएको छ। केल्मीले देशभर आफ्ना सेवा विस्तार गर्दै लगेको छ।