बिर्तामोड  । 

झापाको बिर्तामोड नगरपालिका–५ मा ‘गुफा रेष्ट्रो’ सञ्चालनमा आएको छ । बिर्तामोड–५ स्थित बुद्धनगर टोल रोड नम्बर १ मा करिब ६० लाख रुपैयाँको लागतमा गुफा रेष्ट्रो सञ्चालनमा आएको हो ।

स्वदेशमै केही गर्ने सोचका साथ सञ्चालनमा ल्याइएको रेष्ट्रोका प्रबन्ध सञ्चालक मनोज अधिकारीले जानकारी दिए ।

‘ग्राहक चाहना अनुसार अनुभवी सेफद्वारा खानाका परिकार तयार गरेर उपलब्ध गराउँछौं’,  उनले भने ‘ग्राहकको माग अनुसार रेष्ट्रोमै रहेको कालिज, बट्टाई, हाँस, लोकल कुखुरा तयार पारेर पस्किने गरेका छौं ।’

Screenshot_20260405_073907_Gallery

नयाँ वर्ष २०८३ को अवसरमा आगामी बैशाख १ गते रेष्ट्रोको औपचारिक उद्घाटन गरिने र सोही अवसरमा विशेष छुटको समेत व्यवस्था गरिएको उनले बताए ।

रेष्ट्रोमा ग्राहकको चाहना अनुसार काजिल, बट्टाई, हाँस, लोकल कुखुरा, खसी लगायतका मासुका परिकार उपलब्ध गराइने होटलकी सञ्चालक कुशुमकुमारी ढकालले जानकारी दिए ।

रेष्ट्रोमा खाना तथा पेय पदार्थका साथै ३० देखि ४० जना क्षमताको दुई वटा सभाहल रहेको छ ।

उक्त हलमा जन्मदिनको अवसरमा हुने कार्यक्रममा केक र डेकुरेशन निःशुल्क गरिएको छ । रेष्ट्रोमा ९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अन्य होटलको तुलनामा लागत मूल्य भन्दा १०–२० प्रतिशत शुल्क थपेर ग्राहकलाई सेवा दिने जनाइएको छ ।