झापाकाे बिर्तामाेडमा ब्रिटिस काउन्सिलको आधिकारिक परीक्षा केन्द्र स्थापना भएकाे छ।
आज शनिबार एक कार्यक्रमकाबिच बिर्तामाेड ४ मा पुर्वान्चल भाेकेसनल एण्ड ट्रेनिङ सेन्टरकाे उद्घाटन गरिएकाे हाे । नेपाल शैक्षिक परामर्श संघ ( इक्यान) काे नि बर्तमान अध्यक्ष राेशन सुबेदीले ट्रेनिङ सेन्टरकाे रिबन काटेर उद्घाटन गरेका हुन् ।
शैक्षिक अवसरलाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले बिर्तामाेडमा कमप्युटर बेसमा ब्रिटिस काउन्सिलको परिक्षा केन्द्र स्थापना गरिएकाे बताईएकाे छ ।

यससँगै अब पहाडि क्षेत्र सहित पुर्वका विद्यार्थी तथा परीक्षार्थीले अन्तर्राष्ट्रियस्तरका अंग्रेजी भाषा परीक्षाहरूका लागि इटहरी सम्म धाउनुपर्ने बाध्यता हटेकाे ब्रिटिस काउन्सिलका बजार प्रबन्धक अमिस पाेखरेलले जानकारी दिए ।
यस अघि बिर्तामाेडमा पेपर बेसमा मात्र परिक्षा केन्द्र रहेकाे थियाे । तर कमप्युटर बेसमा भने पुर्वमा इटहरीपछि बिर्तामाेडमा पहिलाे पटक परिक्षा केन्द्र स्थापना भएकाे हाे ।
परीक्षा केन्द्र स्थापना भएसँगै परीक्षार्थीले गुणस्तरीय सेवा, व्यवस्थित परीक्षा वातावरण तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार परीक्षा दिन सक्ने ब्रिटिस काउन्सिलका ब्यवसाय बिकास कार्यकारी काेशी प्रदेशका सन्नी सिंहले जानकारी दिए।
बिर्तामाेडमा पुर्वान्चल भाेकेसनल एण्ड ट्रेनिङ सेन्टरकाे स्थापनासंगै यसले विद्यार्थीकाे समय र खर्च दुवैको बचत हुने र उनीहरूकाे विश्वस्तरीय शैक्षिक अवसरमा पहुँच विस्तार हुने विश्वास गरिएको छ।
बिर्तामाेडमा सन्चालनमा आएकाे परीक्षा केन्द्रले आवश्यक पूर्वाधार, प्रविधि तथा सुरक्षा मापदण्ड पूरा गरेकाे ब्रिटिसले जनाएकाे छ ।
एक पटकमा १२ जना परिक्षार्थीले परिक्षा दिन मिल्ने सुबिधा सम्पन्न क्षमताकाे छुट्टा छुट्टै क्याबिन रहेकाे छ । जहाँ ३ वटा सेसन गरि एक दिनमा ३६ प्रशिक्षार्थीले परिक्षा दिन मिल्ने बताईएकाे छ ।
स्थानीय विद्यार्थी, अभिभावक तथा शैक्षिक क्षेत्रका सरोकारवालाले परीक्षा केन्द्र स्थापना भएकोमा खुसी व्यक्त गर्दै यसले उच्च शिक्षा तथा अन्तर्राष्ट्रिय अवसर हासिल गर्न थप सहज हुने अपेक्षा गरेका छन्।
त्यस्तै आज ब्रिटिसले भ्यालु पाटनरहरूसँग परिक्षा केन्द्र सन्चालन गर्ने, भाबि दिनमा आउन सक्ने समस्या, समस्या सामधानकाे कारण र आइओसी लन्च इभेन्ट लगायतका बिषयमा छलफल तथा अन्तरक्रिया समेत गरेकाे छ ।
ब्रिटिसले पेपर बेस बाट कमप्युटर बेसमा रूपान्तरण भएसँगै विद्यार्थीलाई धेरै नै फाईदा हुने बताईएकाे छ । यस अघि पेपरबेसमा परिक्षा दिँदा परिक्षार्थीले १३ दिनमा मात्र नतिजा थाहा पाउंथे तर अब कम्प्युटर बेसमा परिक्षा सुरू हुंदा २४ घण्टामा नतिजा आउने ब्रिटिसले जनाएकाे छ ।
त्यस्तै पेपरबेसमा हाड कपी कम्तीमा ३ दिन भित्रमा प्राप्त हुनथ्याे भने अब कमप्युटर बेसबाट तत्कालै परिक्षार्थीले मेलमा प्राप्त गर्न सक्ने ब्रिटिसले जनाएकाे छ ।
त्यस्तै परिक्षार्थीले आइएल टिएसकाे ४ वटा परिक्षा दिँदा पेपरबेसकाे माध्यमबाट कुनै एककाे परिक्षा बिग्रदा पुःन एककाे मात्र नभई चार वटै परिक्षा दिनु पर्ने बाध्यता थियाे । तर अब कमप्युटर बेसबाट परिक्षा दिँदा ४ वटा मध्ये कुनै बिग्रिएमा १ काे मात्र परिक्षा दिँदा हुने भएकाे छ । जसबाट विद्यार्थीलाई लाभ हुने ब्रिटिसले जनाएकाे छ ।
त्यस्तै पहिले पेपरबेसमा हरेक साता शनिबार र कहिले काँही बिहिबार परिक्षा हुने गरेकाे थियाे तर अहिले कमप्युटर बेसमा परिक्षार्थीले आफ्नाे अनुकुलता अनुसार दैनिक परिक्षा दिन पाउने बताईएकाे छ ।










































