रोट्रयाक्ट क्लब अफ बिर्तामाेड  काे १४ औँ पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम आईतबार  बिर्तामाेडमा  सम्पन्न भएको छ।

 अध्यक्ष शुशील थापाकाे  निवर्तमान नेतृत्वले नयाँ कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको थियाे ।

 वर्ष २०२६–२७ काे लागि अध्यक्षमा श्रद्धा प्रसाईले जिम्मेवारी सम्हालेकी छन् । 

कार्यक्रममा नि बर्तमान अध्यक्ष थापाले क्लबले विगत  एक वर्ष २०२५/२०२६ मा सम्पन्न गरेका सामाजिक सेवा, युवा नेतृत्व विकास, शिक्षा, स्वास्थ्य तथा सामुदायिक हितका विभिन्न गतिविधिको समीक्षा गरेका थिए । 

20260726_172948

साथै निवर्तमान अध्यक्ष थापाले  कार्यकालभर साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए।

20260726_180343

थापाकाे अध्यक्षतामा आयोजित कार्यक्रममा डिस्ट्रिक ३२९२ का  आर टि आर प्रकाश शर्मा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

 कार्यक्रममा  नयाँ अध्यक्ष प्रसाई सहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। 

नवनिर्वाचित अध्यक्ष प्रसाईले  कार्यक्रममा क्लबको गरिमालाई अझ उचाइमा पुर्‍याउने, समाजसेवा, नेतृत्व विकास, युवा सशक्तीकरण तथा समुदायमुखी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन । 

IMG-20260727-WA0001

कार्यक्रममा प्रमुख अतिथि शर्मा, झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का, राेटरी क्लब अफ बिर्तामाेडकाे अध्यक्ष दिपक गिरी लगायतले रोट्रयाक्ट क्लबले युवामा नेतृत्व क्षमता विकास गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई थप सशक्त बनाउने भन्दै शुभकामना ब्यक्त गरेका थिए । 

 सचिब राेशन दंगालले सन्चालन गरेकाे कार्यक्रममा स्वागत  राेशन शाही ठकुरीले गरेका थिए । 

एडि आर आर बाप्पा शाहाले प्रतिबद्धता मनतब्य राखेकाे कार्यक्रममा जानभी खेडियाले सहभागिलाई धन्यबाद ज्ञापन गरेकी थिईन ।