इलामका एसपी एकनारायण कोइरालाले जिल्लाको कमाण्ड सम्हालेयता अपराध न्यूनीकरणमा ठूलो सफलता मिलेको छ । उनले 

गत माघ २० गतेदेखि जिल्ला प्रहरी कार्यालय इलामको प्रमुख भएर प्रहरी उपरीक्षक कोइरालाले कमाण्ड सम्हालेयता खासगरी आत्महत्या न्यूनीकरण , लागूऔषध नियन्त्रण , फरार प्रतिवादी पक्राउ , भन्सार चोरी पैठारी नियन्त्रणमा ठूलो उपलव्धी हासिल भएको तथ्यांकले देखाएको हो । 

जिल्ला प्रहरी कार्यालय इलामले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्यांकले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा अपराध घटेको र त्यसमा पनि कोइरालाले कमाण्ड सम्हालेको माघ २० यता उल्लेखनीय प्रगति भएको प्रमाणित गरेको हो ।

इलाममा आत्महत्याका घटनामा उल्लेखनीय कमी आएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्षमा आत्महत्याको घटना ३० प्रतिशतले घटेको हो।

एसपी कोइरालाले आफ्नो कार्यकालमा देखिएको यो सकारात्मक परिवर्तनलाई महत्वपूर्ण उपलब्धीको रूपमा प्रस्तुत गरे । तथ्यांक अनुसार, आर्थिक वर्ष २०८०÷८१ मा १२० वटा आत्महत्याका घटना दर्ता भएका थिए भने चालु वर्ष २०८१÷८२ मा घटेर संख्या ८४ मा झरेको छ ।

चालु आर्थिक वर्षलाई पनि विश्लेषण गर्ने हो भने माघ १९ सम्म महिला १० र बालिका २ सहित ५० जनाले आत्महत्या गरेका थिए । तर , माघ २० यता ९ महिला र बालिका ४ सहित ३४ जनाले मात्र आत्महत्या गरेका छन् । 

प्रहरी प्रमुख कोइरालाले आफ्नो कार्यकालमा देखिएको यो सकारात्मक परिवर्तनलाई महत्वपूर्ण उपलब्धीको रूपमा प्रस्तुत गरे । तथ्यांक अनुसार, आर्थिक वर्ष २०८०÷८१ मा १२० वटा आत्महत्याका घटना दर्ता भएका थिए भने चालु वर्ष २०८१÷८२ मा घटेर संख्या ८४ मा झरेको छ । चालु आर्थिक वर्षलाई पनि विश्लेषण गर्ने हो भने माघ १९ सम्म महिला १० र बालिका २ सहित ५० जनाले आत्महत्या गरेका थिए । तर , माघ २० यता ९ महिला र बालिका ४ सहित ३४ जनाले मात्र आत्महत्या गरेका छन् ।

प्रमुख कोइरालाका अनुसार, यो सुधार प्रहरीको सक्रियता, समुदायसँगको समन्वय र जनचेतनामूलक कार्यक्रमहरूको प्रत्यक्ष परिणाम हो। विशेषगरी महिला र बालिकामा आत्महत्याको घटनामा देखिएको गिरावटले आत्महत्या न्यूनीकरण अभियान प्रभावकारी बनेको देखिन्छ ।

प्रहरीले आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१ अन्तर्गत जिल्लादेखि वडास्तरसम्म कार्यदलहरू गठन गरी सघन कार्यक्रम सञ्चालन गरेको छ।


जिल्लाभर ३५० भन्दा बढी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी आत्महत्याका कारण, संकेतहरू र रोकथाम उपायहरूबारे सचेतना फैलाइएको छ।